+
+
Shares

पार्टी नेतृत्वको निर्देशनपछि बागमतीमा एमाले मन्त्रीको राजीनामा रोकियो

आज मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई सामूहिक राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एमाले पार्टी केन्द्रको निर्देशनपछि रोकिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १८:२३

३२ असार, हेटौंडा । बागमती प्रदेश सरकारका नेकपा एमालेका मन्त्रीहरूको राजीनामा रोकिएको छ ।

आज मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई सामूहिक राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एमाले पार्टी केन्द्रको निर्देशनपछि रोकिएको हो ।

आज ५ बजे बसेको मन्त्रिपरिषद् बैठकपछि एमालेका ६ जना मन्त्रीले राजीनामा बुझाउने तयारी गरेको स्वास्थ्यमन्त्री किरण थापाले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामीले राजीनामा दिने तयारी गरेका थियौं । पार्टी हाइकमान्डको निर्देशनपछि रोकियौं,’ उनले भने ।

बागमती प्रदेश सरकारमा एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका छन् ।

एमालेका मन्त्रीहरू मन्त्रीपरिषद् बैठकलगत्तै मुख्यमन्त्री कार्यालयबाट बाहिरिएका छन् । मुख्यमन्त्री बानियाँसँग सरकारमा कांग्रेस र एमालेबीच आगामी कदमबारे पनि छलफल भएको एमालेका अर्का मन्त्रीले जानकारी दिए ।

उनले कांग्रेसको केन्द्रीय नेतृत्व तहबाट पनि मन्त्रिपरिषद् फेरबदलको सम्बन्धमा कुनै जानकारी नआएकाले हालकै अवस्थामा अगाडि बढ्ने विषयमा छलफल भएको ती मन्त्रीले बताए ।

‘हाम्रो पार्टी नेतृत्वबाट पनि कांग्रेससँग छलफल चलिरहेको छ राजीनामा नदिनु भन्ने निर्देशन आयो,’ ती मन्त्रीले भने, ‘कांग्रेस नेतृत्वबाट पनि बागमती सरकारको विषयमा कुनै जानकारी नआएको मुख्यमन्त्रीज्युले भन्नुभयो । त्यसैले हालकै अवस्थामा अगाडि बढ्नेछौं ।’

मन्त्रिपरिषद् बैठकपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले भने हालकै अवस्थामा सरकार अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?