+
+
Shares

कृषि अनुसन्धानले किसानलाई छोएन : कृषिमन्त्री खनाल

नेपाल कृषि अनुसन्धान परिषदको कामप्रति मन्त्री असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १३:२७

२७ साउन, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषकको आवश्यकता सम्बोधन हुने गरी अनुसन्धान गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)लाई आग्रह गरेका छन् ।

काठमाडौंमा सोमबार सुरु भएको ‘एसियन कृषि सम्मेलन तथा प्रर्दशनी–२०१९’ को उद्घाटन गर्दै उनले नास्टको कामले किसानलाई छुन नसकेको भन्दै असन्तुष्टि जनाए ।

किसानको पक्षमा कृषि अनुसन्धान परिषद्ले कामै नगरेपछि त्यसको विकल्पमा किसान आवास परियोजना कार्यक्रम सुरु गर्न लागिएको मन्त्री खनालले बताए । परियोजनाले किसानका लागि आवश्यक आवाससहित प्रशिक्षण कार्यक्रम गर्ने उनको भनाइ छ ।

मन्त्री खनालले सरकारले कृषि अनुसन्धान परिषद्ले गरेका अध्ययन अनुसन्धानबाट किसानहरुले पनि सिक्न सकून भनेर परिषद्ले अंग्रेजी भाषामा तयार पारेको प्रतिवेदन केही समयअघि नेपालीमा रुपान्तरण गरेर सबै स्थानीय तहमा पठाएको पनि बताए ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले युवालाई आकर्षित गर्नेगरी कृषि क्षेत्रको विकासमा लाग्न सरकारलाई आग्रह गरिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?