Comments Add Comment

प्रयोगकर्ताहरुलाई विशेष लक्षित सगुन लाइट शुरु

२६ साउन, काठमाडौं ।  नेपालीहरूले निर्माण गरेको सगुनले नेपाली प्रयोगकर्ताहरुलाई विशेष लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप सगुन लाइट सुरुवात गरेको छ ।

सगुन लाइटबाट व्यक्तिगत विचार तथा अनुभवको साथै घटनाहरु, राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा लेख्न वा प्रकट गर्न पाइने कम्पनीले जानकारी दिएको छ।

यसमा नेपालको लागी दैनिक जनजीवन, नेपालका लोकप्रिय, नेपाली राजनीति, भिजिट नेपाल २०२० , हिन्दू तथा बौद्ध धर्म, ठट्यौली/चुट्किला, स्वास्थ्य तथा तन्दुरुस्ती, खेलकूद जस्ता विभिन्न रुचिका विषयहरू समावेश गरिएको कम्पनीले जानकारी दिएको छ । नेपालका प्रयोगकर्ताहरूले आफ्ना रुचि अनुसारका विषयहरूमा जानकारी लिन तथा आफ्ना रुचिका विषयमा विचारहरू व्यक्त गर्न तथा समुदाय निर्माण गर्न सकिन्छ।

फेब्रुअरी २०१९ देखि परीक्षणमा आएको यो एप हाल ६४ देशका २५१ सहरका प्रयोगकर्ताहरूले चलाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment