Comments Add Comment

साराको जन्मदिन सेलिव्रेशन गर्न थाइल्याण्ड पुगे कार्तिक

बलिउडमा नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम चर्चा सुरु हुन थालेको छ । केही समयदेखि यी दुइले जुन तरिकाले एक अर्काका लागि समय दिइरहेका छन्, यसले पनि उनीहरुको प्रेम चर्चा सुरु भएको हो । तर, सारा र कार्तिक एक अर्कालाई नजिकको साथी मान्छन् ।

चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरेपछि सारा र कार्तिक नजिक भएका थिए । कार्तिक लखनउमा चलचित्र ‘पती पत्नी और ओ’ नामक चलचित्रको छायांकनमा रहँदा सारा उनलाई भेट्न पुगेकी थिइन् । आफ्ना नजिकका साथीलाई खुबै मिस गरेपछि सारा लखनउ नै पुगिन् । सारा यतिबेला चलचित्र ‘कुल्ली नम्बर १’को छायांकनका क्रममा थाइल्याण्डमा छिन् । थाइल्याण्डमा रहेकी साराको जन्मदिन सेलिव्रशन गर्न कार्तिक बैंकक पुगेका छन् ।

उनले, सामाजिक संजालको माध्यमबाट साराको जन्मदिन धुमधामले बनाएको उल्लेख पनि गरेका छन् । कार्तिक र सारा एक अर्कालाई खुबै मिस गर्छन् । तर, कतिपयले यो सम्बन्ध यी दुइले एकसाथ काम गरेको चलचित्रको रिलिजसम्म हो भनेर पनि चर्चा गरेका छन् ।

तर, कार्तिक र साराको यो खालको निकटताले उनीहरुको सम्बन्ध साथी भन्दा माथि पुगेको पुष्टी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment