Comments Add Comment

मस्ती टकः ‘नम्रता, प्रमोद, सुजता र श्रृजनाको हाँसो(भिडियो कुराकानी)

नायिका नम्रता श्रेष्ठको निर्माण तथा अभिनय रहेको चलचित्र ‘जाइरा’ भदौको ६ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नम्रतालाई दर्शकले मार्सल आर्ट खेलाडीको भूमिकामा देख्दैछन् । अनलाइनखबरको रमाइलो टक शो ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा चलचित्रका मुख्य कलाकार नम्रता श्रेष्ठ, प्रमोद अग्रहरि, श्रृजना रेग्मी र सुजता श्रेष्ठले निकै नै रमाइलो कुराकानी गरे ।

‘ओके मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


चलचित्रमा नम्रता मुख्य भूमिकामा छिन् भने उनको साथीको भूमिकामा सुजताले अभिनय गरेकी छिन् । प्रमोदलाई दर्शकले ‘राजा’को भूमिकामा देख्न पाउनेछन् भने श्रृजनालाई ‘बुलेट’को भूमिकामा देख्न सकिनेछ । राजा र बुलेट चलचित्रका खलपात्र हुन् ।

चलचित्रमा प्रमोद र श्रृजनाको रोमान्सका दृश्य पनि प्रशस्त राखिएको छ । ट्रेलरमा देखाइएको भन्दा अझै बोल्ड दृश्य चलचित्रमा रहेको प्रमोद बताउँछन् । चलचित्रको टिजरमा नायिका नम्रता श्रेष्ठलाई मात्र स्थान दिएको बिषयमा सुजता र श्रृजना भन्छन्–‘हामीलाई थाहा छ कि, चलचित्रको केन्द्रमा जाइरा नै छिन् । यसैले पनि हामीलाई दुःख लागेको छैन ।’

प्रमोदले आफूले गरेको भूमिका १ दिनमै छायांकन सकिने भएपनि यो चलचित्र गर्ने बताए । ‘राजा’ चलचित्रमा आफू बाँच्न पाउनु नै ठूलो कुरा भएको प्रमोद बताउँछन् । श्रृजना शाहाकारी हुन् । उनी १२ बर्षदेखि शाहाकारी छिन् । तर, उनले यो चलचित्रका लागि मात्र मासु खाइन् । अहिले चलचित्रको छायांकन सकिएपछि उनी शाहाकारी नै भैसकेकी छिन् ।

नायिका नम्रता श्रेष्ठ चलचित्र ‘जाइरा’लाई पारिवारिक कथाको चलचित्र बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment