Comments Add Comment

पार्टी प्यालेसमा भोजभतेर गर्न नपाउने निर्णयप्रति व्यवसायीको आपत्ति

२८ साउन, काठमाडौं । पार्टी प्यालेस ब्यवसायीले चाडपर्वको अवसरमा भोजभतेर गर्न नपाउने गरी स्थानीय प्रशासनले लगाएको बन्देजप्रति आपत्ति जनाएका छन् ।

स्थानीय प्रशासनको यस्तो निर्णयले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय संकटमा पर्ने भन्दै उनीहरुले निर्णय नसच्याइए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।

तत्काल माग नसच्याएमा केन्द्र, प्रदेश, स्थानीय तह तथा राजनीतिक दलले आयोजना गर्ने सबै प्रकारको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिइएको छ ।

‘आफूहरुको व्यवसायले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारको अभियानलाई आत्मसाथ गरेर अघि बढिरहेको समयमा स्थानीय प्रशासनले यस्तो निर्णय गर्नु गलत हो । त्यसैले यो निर्णयको हामी भत्र्सना गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment