Comments Add Comment

खानेकुराले यौन जीवनमा प्रभाव पार्छ ?

एक सन्तुलित आहार, सक्रिय जीवनशैली र राम्रो मानसिक स्वास्थ्यले तपाईंको यौन जीवन बढाउन सक्छ । यद्यपि केही विशेष खानाले वास्तवमै प्राकृतिक यौन जीवन बढाउन सक्छ ?

आउनुहोस् यस सिद्धान्तको पछाडिको इतिहास र विज्ञानलाई हेरौं, के कुनै खाद्य पदार्थले वास्तवमै तपाईंको यौन जीवन उत्कृष्ट बनाउन सक्छ ?

कैसेनोभालाई इतिहासमा सबैभन्दा प्रशिद्ध प्रेमी मानिन्छ । भनिन्छ, उनी नास्तामा ५० सीपी खाने गर्थे । यद्यपि अहिले यसको कुनै प्रमाण छैन कि सीपी खानाले कामशक्ति बढ्छ वा बढ्दैन ? आखिर यो अफवाह कहाँबाट आयो ?

के मान्यता छ भने जब प्रचिन युनानी धर्मकी प्रमुख देवी एप|mोडाइट पैदा भए तब उनी समुन्द्रबाट उठे । उनी प्रेम, सुन्दरता र सम्भोगकी देवी थिइन् । उनी समुन्द्रबाट उठेका हुनाले समुन्द्री खाना खासगरी सीपी यौन जीवन बढाउने भोजन मानिन्छ ।

सीपी जिंकले भरिएको हुन्छ  जो टेस्टोस्टेरोन उत्पादनका लागि एक आवश्यक पोषक तत्व हो । एक अध्ययनमा सुझाव दिइएको छ कि यो पोषक तत्व पुरुषको बाँझोपनको उपचार गर्न र शुक्राणुको गुणवत्ता बढाउनमा सक्षम हुनसक्छ । जिंकको अन्य राम्रो स्रोतमा शेलफिश, रातो मासु, फर्सी, तील, काजु, बदाम, दुध, मटर, पनिर, राजमा जस्ता खाद्य पदार्थ सामेल छ ।

डार्क चकलेटमा लभ केमिकल हुन्छ ?

शोधकर्ताका अनुसार डार्क चकलेट खानाले मान्छेमा प्रेम भावना पैदा हुन्छ । किनभने यसमा फिनाइल इथेलामाइन -पीइए) रसायन हुन्छ ।

पीईए शरीरमा रिलेशनसिप सुरु हुनु केही महिनापछि पैदा हुन्छ, जसले डोपामाइन जस्तो राम्रो हर्मोन बनाउँछ । र, मानव मस्तिष्कमा आनन्द र खुसी नियन्त्रित गर्ने केन्द्रलाई उत्तेजित गर्छ ।

चकलेटमा एकदमै कम मात्रामा पीईए रहेको हुन्छ । चकलेट सेवन गरेपछि यो सक्रिय हुन्छ ? यो सन्देहको कुरा हो ।

चकलेट र सेक्सबीचको सम्बन्ध कहिले सुरु भयो ?

१६ औं शताब्दीमा एक स्पेनिश खोजकर्ता एर्नान कोर्तेस थिए, जसलाई चकलेटको खोज गर्ने पहिलो युरोपियन पनि भनिन्छ । उनले माया र एजटेक साम्राज्यका धेरै समय बिताए ।

उनले स्पेनका राजा कार्लोस प्रथमलाई उनले लेखेका थिए कि, उनले माया पिउने कोकोआ चकलेटको बारेमा जानेका छन् । जसले प्रतिरोधक क्षमता निर्माण गर्छ र थकानसँग पनि लड्छ ।

यद्यपि स्पेनिश मानिसले चकलेटका लागि चिकित्सीय लाभलाई सही ठहर्‍याए जुन माया साम्राज्यमा गरिएको थिएन । तर, यसको प्रमाण छैन कि यसलाई सेक्स इच्छा बढाउनका लागि प्रयोग गरिएको थियो वा थिएन ।

टि्रप्टोफैन तनाव, एन्जाइटीसँग लड्न मद्दत गर्छ र यसको स्रोतमा सेल्मन माछा, अन्डा, पालक, बदाम र सोया उत्पादन सामेल छ ।

खोर्सानीले यौन जीवन बढाउँछ ?

अध्ययनमा पाइएको छ कि खोर्सानीमा कैपसाइसिन हुन्छ, जसले शरीरमा एन्डोफिर्नको मात्रा बढाउँछ ।  र, यो एक खुसी तुल्याउने एक हर्मोन हो ।

यसले तपाईंको मेटाबोलिज्म, शरीरको तापमान र हृदयको गति बढाउँछ, जसको अनुभव हामी यौन सम्पर्कको बेला गर्छौं ।

मदिरा यौनमा सहयोगी कि वाधक ?

मदिराले लाज हराइदिन्छ र केवल इच्छा बढाउन सक्छ । धेरै मदिरा पिएपछि पुरुष र महिला दुबैमा भावुकता कम हुन्छ । साथै समयसँगै यसले तपाईंको यौन शक्ति पनि कम गर्छ । कतिपय अवस्थामा नपुंसकता पैदा गर्न सक्छ ।

नपुसंकतालाई कसरी कम गर्ने ?

शोधमा बताइएको छ कि केही फ्लेवोनायड्स -बनस्पतिले बनेको)सँग समुन्द्र खाद्य पदार्थ खाँदा नपुसंकताको खतरा कम हुन्छ । अध्ययनमा पाइयो कि ब्लुबेरी र अन्य टर्रो फलमा पाइने एन्थोसायनिनमा नपुसंकता रोक्ने क्षमता हुन्छ । फ्लेवोनोइड्सले भरिएको खाद्य पदार्थ र व्यायामले नपुसंकताको समस्या २१ प्रतिशतसम्म कम गर्छ ।

केही शोधमा पाइएको छ कि नपुसंकता रोक्न र यौन क्रिया बनाइराख्नका लागि सन्तुलित आहारको ठूलो भूमिका रहन्छ । यसमा अन्न, फल, सब्जी, जैतुनको तेल आदि सामेल छ ।

एन्थोसायनिन यसमा ठूलो भूमिकानिर्वाह गर्न सक्छ र यसको स्रोतमा चेरी, ब्ल्याकबेरी, क्रेनबेरी, रास्पबेरी, केही अंगुर र रातो पत्तागोभी सामेल छ ।

यौन इच्छा बढाउने खाद्य पदार्थलाई एफ्रोडिजियोक्स भनिन्छ, जसको नाम ग्रीक देवी एप|mोडाइटीको नामबाट राखिएको हो । यसलाई तीन श्रेणीमा विभिाजन गर्न सकिन्छ, कामेच्छा, सेक्सको ताकत र यौन सुख ।

बिबिसीबाट भावानुवाद गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment