Comments Add Comment

मेगा बैंकको वितरणयोग्य मुनाफा ९२ प्रतिशतले वृद्धि

२९ साउन काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले यस आर्थिक वर्षमा रु. ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गर्न सफल भएको छ । बैंकले हासिल गरेको यो मुनाफा ३०.५१ प्रतिशतको वृद्घ िहो ।

बैंकले वितरणयोग्य मुनाफामा भने उल्लेख्य वृद्वि गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्वि गर्न बैंक सफल भएको छ ।

आषाढ मसान्त २०७५ को तुलनामा २०७६ आषाढ मसान्तमा बैंकको कूल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ जुन ३०.०१ प्रतिशतको वृद्धि हो साथै यो वृद्धि वाणिज्य बैंकहरुमध्ये कै उच्चतम वृद्वि रहेको छ । त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ जुन २७.०३ प्रतिशतको वृद्धि हो ।

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा बैंकले कर्जा तथा ब्याज असुलीमा गरेको प्रभावकारी कार्यबाट निस्क्रिय कर्जाको अनुपातमा उल्लेख्य सुधार ल्याइ उक्त अनुपात ०.८६ प्रतिशत कायम राख्न सफल रहनुका साथै व्यवसायको आकारमा -निक्षेप तथा कर्जा) पनि उल्लेख्य वृद्वि गर्न सफल रहेकोले नै खुद मुनाफा तथा वितरणयोग्य मुनाफामा उल्लेख्य प्रगति हासिल गरेको छ ।

हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०३ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,५०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । निकट भविष्यमै थप नयाँ शाखा एवं काउन्टरहरु ल्याउने तयारीमा बैंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment