Comments Add Comment

नम्रताको संघर्ष

नायिका नम्रता श्रेष्ठले निर्माण र अभिनय गरेको चलचित्र ‘जाइरा’ भदौको ६ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नम्रताको साथमा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, सुजता श्रेष्ठ, श्रृजना रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रका लागि नम्रताले गरेको मिहिनेत अरुका लागि पनि प्रेरणा बन्न सक्छ । चलचित्रको छायांकनको क्रममा मुक्का खाएर धेरै पटक ढलेकी नम्रताले नदुख्ने औषधी लगाएर काम गरिन् ।

उनले ‘जाइरा’ पात्रलाई न्याय गर्नका लागि गरेको संघर्ष पीडादायक छ । तर, पनि नम्रताले हार नमानेको बताइन् । उनले भनिन्–‘चलचित्रमा मेरो दुइवटा कथा छ । एउटा बदला अघिको र एउटा बदलाको । रिङ भित्र रहेर १० दिनसम्म फाइट गरिरहँदा म निकै थकित थिएँ । पेन किलर लगाएर फाइट गरेर काम सकेका छौ ।’

पेन किलर लगाउँदा लगाउँदा नम्रताको हात निलो भएको थियो । तर, पनि उनले आज चलचित्र प्रदर्शन नजिकै आउँदा पाएको प्रतिक्रियाले त्यो संघर्षलाई विर्सिएकी छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment