+
+
Shares

महानगरका सबै सामुदायिक विद्यालयमा एउटै रंग

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते १८:५२

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै खाले रंगरोगन गर्ने योजना सुनाएका छन् ।

महानगरपालिकाभित्र पदस्थापन भएका माध्यामिक विद्यालय स्थायी शिक्षकको सपथ ग्रहण कार्यक्रममा सम्वोधन गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् । ‘हामी कमहानगरपालिका भित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन भौतिक संरचनामा पनि सकेसम्म एकरुपता ल्याउने प्रयासमा लागेका छौं,’ मेयर शाक्यले भने, ‘त्यसका लागि महानगरपालिका क्षेत्रभित्र रहेका ९१ वटै सामुदायिक विद्यालय भवनमा एकै खालको रंगरोगन गर्ने तयारी थालेका छौं ।’ यसको सम्पूर्ण खर्च महानगरले व्यहोर्ने उनले बताए ।

सामुदायिक विद्यालयको रंगरोगनसँगै खेल मैदान निर्माण, वृक्षारोपण गर्ने, शौचालय र खानेपानीको व्यवस्थाका लागि १० करोड छुट्याएका उनले बताए । उनले भनेे, ‘निजी विद्यालयलाई गाली गर्ने होइन, सामूदायिकको गुणस्तर सुधार गरेर विद्यार्थीलाई आकषिर्त गर्नुपर्छ । त्यसो भयो भने निजी विद्यालयमा पढ्न जानेको सङ्ख्या स्वतः घटेर जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?