+
+
Shares

सामुदायिक विद्यालयमा बन्यो सुविधासम्पन्न सभाहल

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते १९:१७

२९ साउन, वीरगञ्ज । वीरगञ्जको एक सामुदायिक विद्यालयमा सुविधा सम्पन्न सभाहल निर्माण भएको छ ।

वीरगञ्ज महानगरपालिका ९ स्थित नेपाल रेल्वे माविमा १२ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न सभाहलको निर्माण भएको हो ।
रेल्वे माध्यमिक विद्यालयको नवनिर्मित सभाहलको बुधबार नगर प्रमुख विजय सरावगीले उद्घाटन गरेका छन् ।

मेयर सरावगीले महानगरपालिकाभित्र जीर्ण अवस्थामा रहेका सामुदायिक विद्यालयको भौतिक संरचना सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

‘महानगरपालिकाका सबै विद्यालयहरुमा ल्याबको अनिवार्य व्यवस्था गर्ने र प्राविहरुमा डिजिटल प्रविधिबाट अध्यापन गराउने गरि व्यवस्था मिलाउँछु’ उनले भने, ‘कुनै पनि दबाव वा भेदभाव बिना विद्यालयको सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउँदै यस क्षेत्रमा आमूल परिवर्तन ल्याउन महानगरपालिका लागेको छ ।’

नगर प्रमुख सरावगीले सामुदायिक विद्यालयहरुमा छात्र र छात्राका लागि छुट्टछुट्टै शौचालयको व्यवस्था गर्न दाताहरुसंग सहकार्य भइरहेको समेत उनले बताए । विद्यालयमा शुन्य राजनीतिकरण गरिएको बताउँदै उनले सबै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न शिक्षकहरुसँग आग्रह गरे ।

महानगरपालिकाले १२ लाख रुपैयाँ दिएपछि पिलर र छत ढलान गरी सभाहललाई पूर्णता दिएको प्रधानाध्यापक दिनेश चौरसियाले बताए ।

‘भवनको माथिल्लो तलामा पहिला नै पिलर उठाएर छत ढलान भइसकेको थियो’ उनले भने ‘नगरपालिकाबाट रकम आएपछि त्यसलाई पूर्णता दिएर हल बनाएका छौं, आफ्नै हल हुँदा विद्यालयमा हुने औपचारिक कार्यक्रम गर्न सहज हुन्छ ।’

नेपाल शिक्षक महासङ्घ वीरगञ्ज महानगरपालिकाका अध्यक्ष विनोद मेहताले सबै सामुदायिक विद्यालयहरुको भौतिक संरचना निर्माणको लागि महानगरपालिकाले पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा रेल्वे माध्यमिक विद्यालयलाई ४० वटा सिलिङ पंखा प्रदान गर्ने दाता राम सर्राफलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?