Comments Add Comment

सक्रिय यौन जीवनले हृदयघातको खतरा कम गर्छ ?

दम्पतीबीच हुने यौन सम्बन्धको अनेक फाइदा छ, शारीरिक रुपले, भावनात्मक रुपले । नियमित र सक्रिय यौन सम्बन्धले दम्पतीको स्वास्थ्यमा लाभ पुर्‍याउँछ । यौन सम्बन्ध बनाइरहँदा उनीहरु चिन्तामुक्त हुन्छन् । आनन्द र खुसी अनुभूत गर्छन् ।

शारीरिक क्रिया हुने भएकाले रक्तप्रवाह राम्ररी हुन्छ । साथसाथै यसले उनीहरुलाई भावनात्मक रुपले पनि एकाकार गराउँछ । दम्पतीबीच हुने सक्रिय यौन सम्बन्धले उनीहरुलाई अरु निकट बनाउँछ । एकअर्काप्रति प्रेम र भरोसा बढ्छ ।

पछिल्लो एक अध्ययनले भन्छ, यौन जीवन र हृदयघातबाट हुने मृत्युबीच गहिरो सम्बन्ध छ । यदि यौन जीवन सक्रिय छ भने उनीहरुलाई हृदयघातको खतरा रहँदैन । युनिभर्सिटी कलेज लन्डनको शोधकर्ताले यो कुराको खुलासा गरेका हुन् ।

अध्ययनको निचोडले भन्छ, हृदयघातपछि बाँच्ने व्यक्तिको संख्यामा तिनीहरु बढी थिए, जसको यौन जीवन सक्रिय छ । पहिलो हृदयघात भइसकेपछिको एक दशकबीच मृत्युको खतरा उनीहरुको तुलनामा कम हुन्छ, जो सिंगल एवं अविवाहित छन् ।

यस अनुसन्धानमा अनुसन्धानकर्ताले १ हजार १ सय २० जना महिला र पुरुषलाई सामेल गराएको थियो, जसलाई ६५ बर्ष वा त्यसभन्दा कम उमेरमा पहिलो हृदयघात भएको थियो ।

यौनबाट जो टाढा छन्

करीब २२ बर्षसम्म अध्ययनमा सामेल मानिसहरुमाथि निगरानी गरिएको थियो । र, अध्ययनका क्रममा १ हजार १ सय २० मध्ये ५ सय २४ जनाको मृत्यु भयो । यसरी मृत्यु भएकाहरु हृदयघात भएकाहरुले  एक बर्षसम्म पटक्कै यौन सम्पर्क गरेका थिएनन् ।

सप्ताहमा एक पटक यौन सम्पर्क गर्ने व्यक्तिको तुलनामा यौन सम्पर्क नगर्ने व्यक्तिहरुमा मृत्युको आशंका २७ प्रतिशतभन्दा बढी थियो । यसका साथै जसले हप्तामा एक पटक यौन सम्पर्क राखेका थिए उनीहरुमा हृदयघातपछि मृत्युको संभावना १२ प्रतिशत कम थियो । बेलाबखत यौन सम्पर्क गर्नेको मृत्युको संभावना ८ प्रतिशत कम थियो ।

यौनमा सक्रियहरु दीर्घजीवी ?

हृदयघातपछि सक्रिय व्यक्तिहरुको यौन जीवन पनि सक्रिय रहेको पाइयो । तुलनात्मक रुपमा उनीहरुको आयु लामो थियो । युनिभर्सिटी कलेज लन्डनमा डिपार्टमेन्ट अफ बिहेविअरल साइन्स एन्ड हेल्थका प्रमुख एन्ड्र्यु स्टेपटोले भनेका छन्, ‘यसमा अचम्म मान्नुपर्ने केही छैन । यौनमा सक्रिय व्यक्ति रिलेसनसिपमा थिए, जवान थिए र खासगरी स्वस्थ्य थिए ।’

उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहको खतरा

यौनमा निस्क्रिय वा उदासिन व्यक्तिहरुमा हृदयघातको पहिलो एक बर्षमै उच्च रक्तचाप, हाइ कोलेस्ट्रोल, मधुमेह जस्ता समस्या देखिएको थियो । नियमित यौन सम्बन्ध बनाउनेहरुमा भने यस्तो समस्या देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment