Comments Add Comment

बालबालिका बेचबिखनको आरोपमा बालमन्दिरका निर्देशक पक्राउ

२९ साउन, काठमाडौं । बालबालिकाको संरक्षणका लागि खोलिएको संस्थाकै अधिकारी बालबालिका बेचबिखनको आरोपमा मुछिएका छन् । नक्शालस्थित नेपाल बालमन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिकालाई अन्तर्राष्ट्रिय गिरोहसम्म पुर्‍याएको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । उनले साउन १२ गते जन्मिएका एक शिशुलाई ४ लाख रुपैयाँ भन्दा बढी रकम लिएर बेलायती नागरिकलाई बिक्री गरेको प्रहरीको दाबी छ ।

प्रहरीकाअनुसार उनले बेलायती नागरिक डोना स्मिथलाई शिशु हस्तान्तरण गर्न कानुनी प्रक्रिया अन्तिम चरणमा पु¥याइसकेका थिए । शिशु लिएर विदेश जान अध्यागमन विभागमा प्रक्रिया मिलाउँदै गर्दा स्मिथ साउन २२ गते पक्राउ परेकी थिइन् ।

उनी पछिल्लो पटक २६ जुलाईमा नेपाल आएकी हुन् । तर शिशुको जन्म २८ जुलाईमा भएको थियो । यसअघि स्मिथ डेढ महिनाअघि आएकी थिइन् । उनले नेपालबाट शिशु लैजानु गैरकानुनी हुने जानकारी नभएको बयान दिएकी छन् ।

प्रहरीले डंगोल र स्मिथलाई मानव बेचविखन तथा ओसार पसार मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment