Comments Add Comment

आर्यन र स्वस्तिमाको ‘हजार जुनी सम्म’ रिलिज

आज बिहिबारबाट नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जनैपूर्णिमाको अवसर भन्दै बिहिबार नै नयाँ चलचित्र रिलिज गरिएको हो । आजबाट विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’ रिलिज भएको छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा विशाल चाम्लिङको लगानी छ ।

चलचित्रको सुरुवाती व्यापार औषत छ । बिहानी शोहरुमा दर्शकको उपस्थिती औषत रहेको वुझिएको छ । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘हजार जुनी सम्म’ पूर्ण रुपमा पारिवारिक र प्रेम कथामा निर्माण भएको निर्माणपक्षले बताएको छ । केही महिनादेखि नेपाली चलचित्र नचलिरहेको समयमा यो चलचित्रले व्यापारिक खडेरी भर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment