+
+

एन आई सी एशिया रेमिटको चाडपर्व लक्षित उपहार योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३० गते १२:४४

३० साउन, काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ ।

योजनाअन्तर्गत अब एन आई सी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।

बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहक महानुभावहरुलाई एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा हरेक  दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको छ ।

विप्रेषण रकम यस बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्स्टेन्सन काउन्टर, ४१ वटा शाखारहित बैंकिङ इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?