Comments Add Comment

क्षतिग्रस्त सिँचाइ संरचना पुनर्निर्माणका लागि सवा २ अर्ब लाग्ने

३० साउन, काठमाडौं । गत असारमा आएको बाढीका कारण क्षतिग्रस्त भएका सिँचाइ संरचना पुनर्निर्माणका लागि सवा २ अर्व रुपैयाँ लाग्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बिहीबार पत्रकार सम्मेलन गरी क्षतिग्रस्त संरचनाका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने जानकारी दिएका हुन् ।

सिँचाइ विभागले तयार पारेको तात्कालीन र दीर्घकालीन कार्ययोजना अनुसार तात्कालीन मर्मत र निर्माणका लागि ३८ करोड २२ लाख आवश्यक हुने उनले बताए ।

यस्तै, मन्त्रालयले क्षतिग्रस्त संरचना मर्मतका लागि अर्थमन्त्रालयसँग ३८ करोड २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराउन माग गरेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री पुनले गत वर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस बर्ष साढे २ अर्ब मात्रै भएको भन्दै सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीन वटै सरकारबीच समन्वय आवश्यक पर्ने बताए ।

गत असार २७ देखि २९ गतेसम्मको अबिरल वर्षाका कारण नदी तथा स्थानीय खोलामा आएको बाढीका कारण तराईलगायत मुलुकका विभिन्न स्थानका सिँचाइ आयोजना तथा तटबन्धहरु क्षतिग्रस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment