+
+

चीनमा पहिरोमा बाट १७ जना मजदूर बेपत्ता

रासस/एएफपी रासस/एएफपी
२०७६ साउन ३१ गते १९:१४

३१ साउन, काठमाडौं । दक्षिण पश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका छन् ।

पहाडी इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेका चाइना डेलीले जनाएको छ ।

सिचुआन प्रान्तको गान्लुओ ग्रामीण इलाकामा तिब्र रुपमा एक्कासी पहिरो आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

रेल निर्माणको निरीक्षण गरिरहेका चीनका रेल अधिकारी चुन कुनले चट्टान र माटो दुई वा तीन सेकेन्डभित्र खसेको र आफूहरु दौडिरहेको बेलामा चट्टानले आफूलाई पछ्याएको महसूस भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?