+
+

चितवनमा प्रहरी कार्यालयमा ढुंगामुढा, ५ प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३१ गते १९:२३

३१ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको एसपी मल्लले जानकारी दिए । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको थियो । शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?