Comments Add Comment

एफएनसीसीआईको विशेष साधारणसभा कात्तिक २९मा

३१ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को विशेष साधारणसभा कात्तिक २९ गतेका लागि तय भएको छ । शुक्रबार बसेको महासंघको कार्यसमितिको बैठकले कात्तिक २९मा विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

यो साधारणसभामा हाल विधान संशोधनको प्रस्ताव पेश हुँदैछ । चण्डीराज ढकाल नेतृत्वको विधान संशोधनको लागि सुझाव दिन बनाइएको समितिले बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई उल्ट्याउन सुझाव दिँदै प्रतिवेदन दिइसकेको छ । एक कार्यकालको लागि याही व्यवस्था कायम राख्ने विकल्प पनि दिइएको छ ।

जसलाई हालकी अध्यक्ष भवानी राणा समूहले समर्थन गरेको छ भने बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा समूहले विरोध गरेको छ । विशेष साधारणसभा बोलाउन पर्याप्त गृहकार्य र छलफल नभएको भन्दै गोल्छा समूहले बैठकमा फरक मत राखेको थियो ।

अब विशेष साधारणसभाले बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था उल्ट्याए गोल्छा स्वतः अध्यक्ष हुनबाट रोकिनेछन् ।

यसअघि भवानी राणालाई अध्यक्ष बनाउनकै निम्ति साधारणसभामार्फत विधान फेर्दै बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था ल्याइएको थियो । त्यसका लागि चण्डीराज ढकालको समूह नै सक्रिय भएको थियो ।

बैठकले महासंघको कोषाध्यक्षमा निरक केसीलाई चयन गरिएको छ । ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएपछि कोषध्यक्ष पद खाली थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment