+
+
Shares

इन्फास्ट्रक्चर बैंकले गर्‍यो करिब ६ अर्ब लागतको परियोजनामा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १५:३७

१ भदौं, साउन । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भइ हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात गरेको छ । पहिलो परियोजनाका रुपमा यसले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावरमा लगानी गर्न लागेको हो ।

बैंकले शुरुवाती रुपमा आफ्नो नेतृत्व तथा हिमालयन बैंक लिमिटेडको सहयोग र सानीमा बैंक लिमिटेडको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानीको शुरुवात गरेको छ । कुल परियोजना लागत रु. ५ अर्व ८० करोड रुपैंया रहेको उक्त परियोजनामा यस नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण समेत गरी ४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह हुनेछ ।

देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्धेश्य लिइ स्थापना भएको यस बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवं आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने यस बैंकको योजना रहेको छ ।

यस बैंकको मुख्य उद्देश्य देशको पूर्वाधार विकाससम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्ने तथा परियोजना सञ्चालन गर्ने रहेको छ । यसैगरी विभिन्न कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालनका लागि प्रतीतपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्नेछ ।

राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकाससम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी स्रोत परिचालन गर्ने तथा लिजिङ कारोबार लगायतका काम समेत बैंकले गर्ने बताइएको छ ।

यो बैंक पुँजीका आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो । ४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधार-यातायात, कृषि, ऊर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?