+
+
Shares

मेयर शाक्यले भने– सबै पुनर्निर्माण मेरै कार्यकालमा हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १७:२२
Photo Credit : File Picture

१ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने बताएका छन् ।

भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि आइतबार महानगरका तर्फबाट अनुदान स्वरुप १ करोड रुपैयाँ हस्तान्तरण गर्दै मेयर शाक्यले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘मैले निर्वाचनकै बेला महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदा आफ्नै कार्यकालमा पुनर्निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ,’ उनले भने, ‘संस्कृति, सम्पदा संरक्षणमा म ध्यान केन्द्रित गरेर लागेको छु ।

रकम अभाव भयो भनेर चिन्ता नलिनु होला । मैले सकेको म गर्छु, नभए प्रदेश र केन्द्र सरकारलाई समेत भनेर अभाव हुन दिन्न ।’

मेयर शाक्यले पछिल्लो समय सार्वजनिक जग्गाको खोजि गर्दै पार्र्क निर्माण गर्ने महानगरको योजना रहेको सुनाए । उनले हरियाली प्रवद्र्धन गर्ने जस्ता कार्यमा लागेको जानकारी दिदै भने, ‘पुराना विहारहरुको स्वरुप अहिले बिग्रदै गएको छ, सम्पदा नविग्रिने गरी निर्माण गर्दा केहीँ महंगो पर्यो भने महानगर खर्च गर्न तयार छ ।’

उनले भृकुटी मण्डवको बौद्धविहार नमूनाका रुपमा पुनर्निर्माण भएको पनि समेत बताए ।भूकम्पबाट क्षतिग्रस्त भएको सो विहार पुनःनिर्माणका लागि करीब ४ करोड ५० लाखलाग्ने अनुमानगरिएको छ ।

४ करोड लाग्ने अनुमानगरिए पनिमौलिक ढंगले निर्माण गर्ने भएकाले रकमथपभएको हो । ८ हजार ५ सय ५७वर्ग मिटर क्षेत्रफलमानिर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?