Comments Add Comment

सोमर्स्वीको ‘सिङ्ग विथ सुशान्त’, यसरी झुमिए दर्शक

१ भदौ, काठमाडौं ।  सोमर्स्वीले ‘सिङ्ग विथ सुशान्त’ कार्यक्रमको आयोजना गरेको छ । सुशान्त केसीसँगको संगीतमय साँँझले ‘काल्म रेष्टुरेन्ट तथा बार’मा युवा र संगीत प्रेमीहरुको ठूलो भीड लाग्यो ।

सोमर्स्वीले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त केसीलाई अगस्ट २०१९ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेष्डर घोषित गरेको छ ।

उक्त भीडले सुशान्त केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतहरुको आनन्द लिँदै गायक सँगसँगै झुम्दै, गुनगुनाउँदै, नाच्दै ‘गुलाबी’ गीतलाई पुनः गाउन अनुरोध गरे जुन सुशान्तले स्वीकार गर्दै उनीहरुलाई मनोरञ्जन प्रदान गरे ।

सुशान्तले आफ्नो ९ वटा लोकप्रिय गीतहरु गाउनुको साथै आफ्नो प्रशसंकहरुलाई छिट्टै नै बजारमा आउन लागेको नयाँ गीत “रङ्गीन” पनि प्रस्तुत गरेका थिए । यो सुशान्त केसीको अस्ट्रेलियाबाट फर्के लगत्तै पहिलो प्रत्यक्ष प्रस्तुति हो ।

फ्रेन्डसीप महिना अभियान अन्र्तगत सोमर्स्वीले विशेष अतिथीको रुपमा ५० जना भाग्यशाली विजेताहरुलाई आफ्नो साथीको साथमा आमन्त्रित गरेको थियो । भाग्यशाली विजेताहरुलाई फेसबुक प्रतियोगिताबाट छनौट गरिएको थियोे जहाँ उनीहरु सुशान्तसँग नजिक हुनका साथै निशुल्क खाना र सोमस्र्वी साथमा खान सक्थे ।

गोर्खा बु्रअरी प्रा.लि.का मार्केटिंग म्यानेजर रोजन अमात्यका अनुसार यो कार्यक्रम धेरै राम्रो भयो र युवाहरुको भीडले सुशान्त केसीसँग हरेक पल रमाइलो भयो । उनको हरेक गीतमा सबै दर्शकहरु एउटा सानो कन्सर्टमा आई रमाइरहेको जस्तो देखिएको थियो ।

सोमस्र्वीले धरान, बुटवल, पोखरा र नारायणगढमा लगायत विभिन्न शहरहरुमा यही अगस्ट महिनामा ‘सिङ्ग विथ सुशान्त’ कार्यक्रम आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment