Comments Add Comment

जब बच्चा पढाईमा मन गर्दैन

अहिलेका बालबालिकाले धेरै सेवा सुविधा पाएका छन् । उनीहरुलाई पढ्नका लागि कुनै दुःख छैन । न टाढा धाउनुपर्छ, न पाठ्य सामग्रीको अभाव नै झेल्नुपर्छ । सबैकुरा आमाबुवाले व्यवस्थित गरिदिएका छन् । विद्यालय आउन, जान, पढ्नका लागि उनीहरुलाई कुनै समस्या छैन । यति हुँदाहुँदै पनि उनीहरु पढाईमा भन्दा अन्यत्र ध्यान दिइरहेका हुन्छन् ।

अक्सर बालबालिका मनोरञ्जनमा बढी लिप्त हुन थालेका छन् । त्यसमाथि अहिले मोबाइलले उनीहरुको बानी बिगारेको छ । हरक्षण उनीहरुको ध्यान मोबाइलमा हुन्छ । कतिबेला विद्यालयबाट र्फकने र मोवाइल खेलाउने भन्ने ध्याउन्नमा हुन्छन् । कतिबेला होमवर्क सक्ने र मोवाइल खेलाउने भन्ने ध्यान्नमा हुन्छन् ।

मोवाइल, ट्याब, ल्यापटप, टेलिभिजन आदिमा उनीहरु धेरैजसो समय खर्च गरिरहेका छन् । त्यसमध्ये पनि मोवाइलप्रतिको आशक्ति अरु बढी देखिन्छ । उनीहरु मोबाइल पाएपछि दुनिया भुलेर त्यसमै लिप्त हुने गरेका छन् ।

उनीहरु मोवाइलमा भिडियो हेर्ने, गेम खेल्ने गर्छन् । मोवाइलको गेम एवं भिडियोको ह्याङओभरबाट बाहिर आउन उनीहरुलाई निकै समय लाग्छ । पढ्दा, खाँदा, होमवर्क गर्दा समेत उनीहरु मोवाइल गेमप्रति नै ध्यान दिइरहेका हुन्छन् । कतिपय बालबालिका त यस्ता छन्, जो मोबाइल बिना खाना खाँदैनन् । उनीहरुलाई मोबाइलमा भिडियो देखाइदिएपछि वा गीत सुनाइदिएपछि मात्र खाना खान थाल्छन् ।

यसरी पछिल्लो समय उपलब्ध उपकरणले अहिलेका बालबालिकाको पढाईमा बाधा पुर्‍याइरहेको छ । यसरी पढाईबाट बिथोलिदै गरेका बालबालिकालाई कसरी सही ठाउँमा ल्याउने त ?

मोबाइल, टिभीको समय निश्चित गरौं

बालबालिकालाई मोबाइल, टेलिभिजनबाट बञ्चित गर्दैमा पढाईमा सुधार हुन्छ भन्ने चाहि पक्कै होइन । अहिलेको युगमा यी प्रविधिबाट उनीहरुलाई अलग गर्न पनि सकिदैन । त्यसैले पढाईका साथसाथै बेलामौकामा उनीहरुलाई मोबाइल खेलाउन, टेलिभिजन हेर्न दिनुपर्छ । यद्यपि यसका लागि समय निर्धारण गर्न सकिन्छ ।

विद्यालयबाट फर्केपछिको केही समय उनीहरुलाई यी कुरामा छुट दिन सकिन्छ । यसले गर्दा उनीहरु फ्रेस पनि हुन्छन् । एकोहोरो पढाईमा केन्दि्रत गरिरहँदा पनि उनीहरुलाई दिक्क लाग्न सक्छ । बेलामौकामा मनोरञ्जनको खाँचो हुन्छ । अतः उनीहरुलाई विद्यालयबाट फर्केको केही समय मोबाइल, टेलिभिजन आदिमा रमाउन दिन सकिन्छ । यद्यपि यसका लागि समय निश्चित गर्नुपर्छ । सुरुमा नै उनीहरुलाई कति समयका लागि खेल्न दिइएको भनेर जानकारी गराउनुपर्छ ।

पढाईंका लागि सही स्थान छनौट

बालबालिकाहरु चञ्चल हुन्छन् । उनीहरुको ध्यान आसपासको वातावरणले पनि तानिरहेको हुन्छ । पढिरहेको बेला समेत उनीहरु आफ्नो वरीपरी भइरहेको गतिबिधिमा ध्यान दिइरहेका हुन्छन् । यसले गर्दा पढाईमा सम्पूर्ण ध्यान जाँदैन । अतः उनीहहरुलाई यस्तो स्थानमा पढ्ने व्यस्था गरिदिनुपर्छ, जहाँ शान्त होस् । पढाईबाट ध्यान भड्कने कुनैपनि सामाग्री नहोस् । संभव भएसम्म बालबालिकालाई पढ्नका लागि छुटै कोठाको व्यवस्था गर्न सकिन्छ । त्यहाँ पुस्तक एवं पठन सामाग्रीले सजाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment