Comments Add Comment

एनआरएनए क्यानडामा नयाँ नेतृत्व, अध्यक्षमा चिरञ्जीवी निर्वाचित

टोरोन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न १२औं साधारणसभाले चिरञ्जीवी घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । घिमिरे पूर्वमहासचिव हुन् ।

यस्तै, अध्यक्ष घिमिरेसँगै स्कारबोरो क्षेत्रबाट निर्वाचित उज्वल थापा, मिसिसागाबाट निर्वाचित विजय पौडेल र एडमन्टनबाट निर्वाचित भएका अर्जुनकुमार विकेलाई उपाध्यक्ष चयन गरिएको छ ।

यस्तै, महासचिवमा ब्राम्पटनबाट निर्वाचित पिताम्बर भट्ट्राई चयन भएका छन् । सचिवमा स्कारबोरोबाटै निर्वाचित फडिन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टोरोन्टोबाट सरोज भट्टराई चयन भएका छन् ।

एनसीसी सदस्यहरुमा ब्राम्पटनका दिनेश खतिवडा, मिसिसागाका तुला भट्टचन, सस्काचुनका देवेन्द्र सुवेदी, क्यालगरिबाट अनन्त आचार्य, भ्यानकुवर बिसीबाट शरद शेरचन, मोनिटोवाबाट सुशील दोरंगा चयन भएका छन् ।

साधारणसभापछि बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले रिक्त रहेका अन्य ४ सदस्यहरु मनोनित गरेको छ । मनोनित हुनेहरुमा युवा संयोजकमा ईश्वर खत्री र महिला संयोजकमा सुजाता गुरुङ रहेका छन् भने पश्चिम ओन्टारियोबाट रवीन्द्र घिसिंड र अटोवाबाट सन्तोष बराललाई एनसीसी सदस्यमा मनोनित गरिएको छ ।

निर्वाचन समितिले एनआरएनए क्यानडाका पूर्वअध्यक्षहरु गोपिकृष्ण काफ्ले र तुल्सी सापकोटालाई आइसीसी सदस्यमा मनोनित गरेको संस्थाका नवनिर्वाचित महासचिव पिताम्बर भट्टराईले जानकारी दिए ।

१२ औं साधारणसभाले यसअघिको कार्यकालको आर्थिक र सामाजिक प्रतिवेदनमाथि उठेका प्रश्नलाई सुल्झाउँदै पारित गरेको छ ।

यसअघि क्यानडाका ९ निर्वाचन क्षेत्र मध्ये ५ वटामा निर्वाचन भएको थियो भने ४ क्षेत्रमा निर्विरोध चयन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment