Comments Add Comment

गुल्मीका पहिरोपीडितलाई सशस्त्र प्रहरीले बनाइदियो टेन्ट

२ भदौ, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरोपीडितलाई सशस्त्र प्रहरीले अस्थायी आवास बनाइदिएको छ । विद्यालयमा आश्रय लिएका स्थानीयलाई सदरमुकाम तम्घासबाट गएको सशस्त्र प्रहरीको टोलीले टेन्ट निर्माण गरिदिएको हो ।

पहिरो प्रभावितहरुलाई दिइएका टेन्टहरु स्थानीयले आफैं निर्माण गर्न नजानेपछि प्रहरीले निर्माण गर्ने तरिका पनि सिकाएको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायव उपरीक्षक बिनोदराज खनालले बताए ।

३ सय ७ घर परिवारका १२ सय ६० जना अस्थायी अवासमा बस्दै आएका छन् । उनीहरुलाई भान्छामा प्रयोग हुने सामाग्रीहरु वितरण गर्ने र स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने काम भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । उनका अनुसार ९० वटा पलङ, १२० वटा टेन्टलगायतका सामाग्रीहरु हस्तातरण गरिएको छ ।

सत्यवतीका पहिरो पीडितलाई सहयोग गर्न भन्दै खोलिएको खातामा झण्डै डेढ करोड नगद राहत संकलन भएको छ । अझै पनि सहयोग प्राप्त हुने क्रम जारी रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment