Comments Add Comment

‘बादशाह जुट’मा सुशिलको भिन्न अवतार

चलचित्र ‘बादशाह जुट’को निर्माणपक्षले यसको प्रदर्शन मिति तय गरेको छ । अब, यो चलचित्र कात्तिकको १ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति यसअघि पनि तय गरिएको थियो, तर काम नसकिएको भन्दै चलचित्र रिलिज हुन सकेन ।

जोनी सिंह राणाको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुक पनि रिलिज भएको छ । चलचित्रको फस्टलुकमा नायक सुशिल श्रेष्ठलाई प्रस्तुत गरिएको छ । अभिषेक शशी कुमारको लेखनमा तयार भएको चलचित्रमा कृष्ण भारद्धाज र कोशिश क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन छ ।

चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङ, दीपक क्षेत्री र कमलमणी नेपालको मुख्य भूमिका छ । हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठ यो चलचित्रका लगानीकर्ता हुन् । एच एण्ड बी फिल्मको प्रस्तुतिमा तयार भएको चलचित्रको निर्माणमा ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेन्मेन्टले पनि सहकार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment