Comments Add Comment

स्वस्तिमाको नयाँ फिल्म कुन ?

नायिका स्वस्तिमा खड्का अभिनित नयाँ चलचित्र ‘हजार जुनी सम्म’ अहिले हलमा चलिरहेको छ । यो चलचित्र रिलिज भएको करिब २ महिनापछि उनी अभिनित अर्को चलचित्र ‘घामड शेरे’ पनि रिलिज हुँदैछ । तर, यो विचमा नायिका स्वस्तिमा खड्काले नयाँ चलचित्रको तयारी थालेकी छिन् । स्वस्तिमा आफैले नयाँ चलचित्रको स्क्रिप्ट पढिरहेको बताएकी छिन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्–‘हो, म एक नयाँ चलचित्रमा काम गर्दैछु । नाम र टिम चाडै नै सार्वजनिक गर्नेछौ ।’ स्वस्तिमा अनुसार, यसपटक उनको आँखा सिक्वेलमा गएको छ । उनले भनिन्–‘यसअघि निर्माण भैसकेको एक चलचित्रको सिक्वेलमा म काम गर्दैछु । चलचित्रमा मेरो भूमिका शक्तिशाली छ । कथावस्तु पनि निकै मन परेकाले काम गर्न लागेको हुँ ।’

स्वस्तिमाले चलचित्र ‘सेल्फी किङ्ग’मा काम गर्न लागेको खबरलाई भने नकारेकी छिन् । उनले भनिन्–‘चलचित्रमा महिला कलाकारको खासै धेरै भूमिका छैन । मलाई गीतको लागि अफर आएको हो । यसपटक मैले काम गर्न लागेको नयाँ चलचित्र सेल्फी किङ्ग होइन ।’

गतबर्ष चलचित्र ‘बुलबुल’मा बुलन्द अभिनय गरेपछि स्वस्तिमाको चर्चा चुलिएको छ । तर, उनी अभिनित चलचित्र ‘हजार जुनी सम्म’ले भने राम्रो कमाई गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment