Comments Add Comment

हुन्डाईको चाडपर्व अफर : बीमादेखि बम्पर उपहारसम्म

२ भदौ, काठमाडौं । नेपालमा हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ नाम दिइएको यो योजनामा ग्राहकले आकर्षक नगद छुट र एक वर्ष निःशुल्क बीमा सुविधा पाउने छन् ।

ग्राहकले स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई स्यान्ट्रो र हुन्डाई भेन्यू कार एक–एक थान जित्न सकिने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । भदौ २ गतेदेखि सुरु भएको यो योजना कात्तिक १६ गतेसम्म चल्नेछ छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १३ शोेरुम र १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । सबै हुन्डाई गाडी ३ वर्ष वारेन्टी, ४ वर्ष निशुल्क सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित उपलब्ध हुने जनाएको छ ।
हुण्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment