+
+
Shares

अरूण खोलाको डाइभर्सन बगेपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अझै खुलेन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते १७:०९

२ भदौं, काठमाडौं । नवलपुर (नवलपरासी पूर्व)को मध्यविन्दु नगरपालिका स्थित अरुण खोलाको डाइभर्सन बगेपछि अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अझै खुल्न सकेको छैन ।

केही दिनअघि बाढीले पुल भत्किएपछि डाइभर्सन गरी सवारी सञ्चालनमा ल्याइए पनि आइतबार साँझ आएको बाढीले पुनः डाइभर्सन बगाएको थियो । राजमार्ग अवरुद्ध भएपछि पूर्व-पश्चिम जाने सयौं यात्रु आइतबार साँझदेखि अरुणखोला बजारमै अलपत्र परेका छन् ।

डाइभर्सनबाटै सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि निरन्तर परेको पानीका कारण खोलाको बाढी नघटेकोले सम्भव नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन पोखरेले जानकारी दिए ।

खोलामा पानीको सतह घटे आज साँझसम्मै सवारी साधन सञ्चालन गर्न सकिने एसपी पोखरेलले बताए । तर, माथिल्लो क्षेत्रमा पानी परिरहेकोले पानीको सतह घट्ने सम्भावना न्युन रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?