+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

महानगरको आफ्नै प्राविधिक शिक्षालय

राधाकृष्ण लामिछाने फोकल पर्सन नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते २०:१३

२ भदौ, पोखरा । पोखरा महानगरले प्राविधिक शिक्षालय खोल्ने भएको छ । सोमबार बसेको महानगरको ३२ औं कार्यपालिका बैठकले अटो र सिभिल इन्जिनियर कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले ‘पोखरा बहुप्राविधिक शिक्षालय’को फोकल पर्सन राधाकृष्ण लामिछानेलाई नियुक्त गरेको महानगर प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । ‘अब चाँडै प्राविधिक शिक्षालयबारे उहाँको टिमले अर्को निर्णय गर्छ,’ उनले भने, ‘कहाँ खोल्ने, कति सिट राख्ने भन्ने उहाँहरुले निर्णय गर्नुहुनेछ ।’

लामिछाने महानगर शिक्षा परिषद् सदस्य समेत हुन् ।

बैठकले महानगरभित्र ५ वटा सेवा केन्द्र खोल्ने निर्णय गरेको छ । वडा नम्बर २, १३, २७, महानगरको कार्यालय र उपत्यका नगर विकास समितिको कार्यालयमा सेवा केन्द स्थापना गर्ने निर्णय गरेको हो ।

सेवा केन्द्रका लागि महानगरले अधिकृत, लेखापाल, प्राविधिक, नापीसहितको टोली खटाउने छ । ‘अब वडागत योजना, प्राविधिक लागत तथा अन्य सेवा लिन सहजपन ल्याउन सहज हुनेछ,’ उनले भने, ‘सानासाना योजनाका लागि टाढाबाट महानगरै धाउनुपर्ने समस्या पनि अन्त्य हुने विश्वास गरेका छौं ।’

भ्रमण वर्ष २०२० लाई सफल पार्न महानगरको कार्यापालिका बैठकले ३ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।

बैठकले ग्रामीण क्षेत्रका सडकखण्डको मापदन्ड तोक्ने निर्णय गरेको छ । ‘ग्रामीण बाटोको मापदन्ड नतोक्दा सबै तिरबाट विरोध भइरहेको थियो । महानगरलाई पनि काम गर्न गाह्रो थियो,’ उनले भने, ‘मापदन्ड तोकिसकेपछि ती सबै समस्या हल हुने हामीले विश्वास लिएका छौं ।’ विज्ञ प्राविधिको सल्लाह अनुसार ३७ वटा सडकखण्डको मापदन्ड तोक्ने निर्णय भएको उनले जानकारी दिए ।

महानगरको ३२ औं कार्यपालिका बैठकले अस्थायी कर्मचारीको म्याद थप्ने, सवारी साधन नभएका कर्मचारीलाई निशुल्क इटिकेटिङ सुविधा उपलब्ध गराउने, घ वर्गको ठेक्कापट्टा इजाजत लिन आवेदन दिएका ५ कम्पनीलाई स्वीकृत दिने लगायत निर्णय गरेको प्रवक्ता नेपालीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?