Comments Add Comment

तपाईंका बच्चा कति सुरक्षित ?

बालबालिकालाई आमाबुवाले आफ्नो सधैं निगरानीमा राख्न सक्दैनन् । धेरैजसो आमाबुवा कामकाजी छन् । दिनभर व्यस्त हुन्छन् । छोराछोरीसँग भेट्ने समय पनि त्यती रहँदैन । बालबच्चा कहाँ छन्, के गर्दैछन्, कोसँग छन्, कस्तो अवस्थामा छन् ? आमाबुवालाई थाहा हुँदैन । उनीहरुले राती घर फर्केपछि मात्र आफ्ना बालबच्चासँग भेट्न पाउँछन् ।

अर्कोतिर जमाना खराब छ । आपराधिक गतिविध बढेको बढ्यै छ । अपराधीहरुले बालबालिकालाई निशाना बनाउने गरेका छन् । अवोध बालबच्चालाई फकाएर अपहरण गर्ने, फिरौती माग गर्ने र आफ्नो सर्त पूरा नभए बच्चाको हत्या नै गरिदिनेसम्मको कृत्य गर्छन् । हाम्रो समाजमा यस्ता घटना बारम्बार भइरहेका छन् ।

जतिबेला यस्तो घटना बाहिर आउँछ, अभिभावकहरु झसंग हुन्छन् । उनीहरु आफ्ना बालबच्चा कस्तो अवस्थामा छन् भनेर खोजी गर्न थाल्छन् । तर, समयसँगै त्यसको चर्चा परिचर्चा सेलाउन थाल्छ । त्यसपछि अभिभावकले आफ्ना बालबच्चाको अवस्थाबारे पनि उति ख्याल गर्दैनन् । बालबच्चाको सुरक्षाका खातिर कुनै किसिमको सर्तकता अपनाउँदैनन् ।

बालबच्चालाई हामी सधैंभरि आफ्नो आँखा अगाडि राख्न सक्दैनांै । हामी आफ्नो कामधन्दामा लाग्छौं, उनीहरु पढ्न, खेल्नतर्फ लाग्छन् । दिनभर कहाँ जान्छन्, कोसँग भेट्छन् अभिभावकले चासो दिएर साध्य पनि हुँदैन । यस्तै अवस्थामा बालबालिका खतरामा पर्न सक्छन् । अर्थात उनीहरुमाथि दूव्र्यवहार हुन सक्छ । अपहरण, हत्या हुन सक्छ । बालबच्चालाई घरभित्रै थुनेर राख्न सकिँदैन । उनीहरुलाई खेल्न जान दिनुपर्‍यो, बाहिर हिँडडुल गर्न दिनुपर्‍यो । कहिलेकाहीँ घरायसी सामाग्री किन्न पठाउनुपर्‍यो । यस्तो अवस्थामा उनीहरु कुनै संकटमा परे के गर्ने ?

अतः बालबालिकालाई सम्भावित खतराबाट कसरी बच्ने भनेर सामान्य जानकारी दिलाउनु नै राम्रो विकल्प हुन सक्छ ।

आफ्ना बालबच्चालाई यो कुरा जानकारी गराउनुपर्छ कि कुन अवस्थामा तिमी बढी सर्तक हुनुपर्छ । कस्तो अवस्थामा तिमीलाई खतरा हुनसक्छ । कसरी अरुले तिमीमाथि दूव्र्यवहार गर्न सक्छ । अतः निम्न कुराबारे सर्तक गराएर बालबालिकालाई सम्भावित खतराबाट केही हदसम्म जोगाउन सकिन्छ । यी कुरा उनीहरु स्वयम्का लागि सुरक्षा कवच हुन सक्छ ।

१. केही अपरिचित वा घरका सदस्यभन्दा बाहिरका व्यक्तिले दिएको खानेकुरा खानुहुन्न ।

२. अपरिचित व्यक्तिसँग वा घरका सदस्यबाहेक अरु कसैगँ कतै जाने गर्नुहुन्न वा उनले ललाई फकाई गरेमा सर्तक रहनुपर्छ ।

३. बच्चा घरमा एक्लै छन् भने उनीहरुलाई सम्झाउनुपर्छ कि अपरिचित व्यक्ति वा आफूबाहेक अरु कसैलाई ढोका खोलिदिनु हुन्न ।

४. सडकमा राखिएका कुनै पनि वस्तुमा हात लगाउनुहुन्न ।

५. अभिभावकलाई जानकारी नगराई कहीँ कतै जानुहुन्न ।

६. आफुसँग सधैं घरको फोन नम्बर राख्नुपर्छ ।

७. आफ्नो आत्म सुरक्षाका लागि उनीहरुलाई केही विधि सिकाउनुपर्छ ।

८. बच्चालाई गुड र ब्याड टचको बारेमा बताउनुपर्छ । अर्थात अरु कसैले कुन अंगमा छोएमा सर्तक हुनुपर्छ भन्ने कुरा सिकाउनुपर्छ ।

अभिभावकले ख्याल राख्नुपर्ने कुरा

१. आफ्नो घरलाई पूर्ण रुपमा सुरक्षित राखौं । यदि बच्चालाई घरमा एक्लै छाड्ने हो भने ध्यान राख्नुहोस् कि घरको झ्याल ढोकाको लक पूर्ण रुपले सही होस् ।

२. घरमा सीसीटीभी क्यामेरा वा सुरक्षाका अरु उपकरण जडान गर्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment