+
+
Shares

दाङमा एनसेल टावर आगजनी, जेनेरेटर र तारमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३ गते ९:४९
Photo Credit : फाइल तस्वीर

३ भदौ, दाङ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गएराति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५, रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी, कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आगजनीबाट टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।

टावरमा नेत्रविक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यद्यपि, उसले अहिलेसम्म यसको जिम्मेवारी लिएको छैन ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?