Comments Add Comment

रमितको ‘राजा साहेब’मा थपिए किशोर

रमित ढुंगानाको मुख्य भूमिका रहने चलचित्र ‘राजा साहेब’ छायांकनको पूर्वतयारीमा छ । यसै साताबाट चलचित्रको छायांकन सुरु हुने बताइएको छ । छायांकनको पूर्वसन्ध्यामा चलचित्रको मुख्य भूमिकामा नायक किशोर खड्का थपिएका छन् ।

चलचित्र ‘बाँध मायाले’बाट चलचित्रमा डेब्यु गरेका किशोरको यो दोस्रो चलचित्र हुनेछ । निर्माण पक्ष र किशोरबीच केही दिन अगाडि नै लिखित सम्झौता भइसकेको छ । किशोर आफूले चलचित्रमा निर्वाह गर्ने भूमिका निकै राम्रो भएकाले काम गर्न तयार भएको बताउँछन् ।

विचल किरातीको निर्देशनमा तयार हुने ‘राजा साहेब’मा रमित र किशोरसँगै धिरेन शाक्य, जयकिसन बस्नेत, उमेश खड्का, टार्जनको पनि मुख्य भूमिका रहने छ । यसै चलचित्रबाट सोनिका केसी र आइशा राईले चलचित्रमा डेब्यु गर्दैछन् ।

‘किराती फिल्मस्’को व्यानरमा बन्ने चलचित्रमा शंकर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा चन्द्र लामा, रश्मी शाक्य र शान्ता ढकालको लगानी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment