Comments Add Comment

सांसदले भनेः ज्योतिषीलाई पनि लाइसेन्सको व्यवस्था गर्नुपर्छ

३ भदौ, काठमाडौं । प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्ने विषय उठाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विमला विश्वकर्माले महिनामा २/३ लाख रुपैयाँसम्म कमाउने ज्योतिषीलाई पनि लाइसेन्स दिएर कानुनी दायरामा ल्याउनुपर्ने बताइन् ।

‘अरु विषय पढेकाले लाइसेन्स लिएर मात्र व्यवसाय गर्न पाउँछन् । तर ज्योतिषीले लाइसेन्स वा अधिकार पत्रबेगर काम गरिरहेका छन्’ उनले भनिन् ‘अहिले यो पेशा गर्नेहरु महिनामा २/३ लाख रुपैयाँ कमाइरहेका छन् । तर उनीहरुको निगरानी कुनै नियकाले गरेको छैन ।’

त्यसै कारण ज्योतिषी पेशामा थुप्रै बेथिती देखिएको भन्दै उनले निश्चित योग्यता पुगेका ज्योतिषीलाई मात्र लाइसेन्स दिनुपर्ने बताइन् । ‘निश्चित योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ, यसले करोडौं राजस्व उठ्छ र पेशा पनि व्यवस्थित हुन्छ । यो काम तत्काल गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment