Comments Add Comment

चोरमारामा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु, मोटरसाइकल चालक घाइते

३ भदौ, नवलपरासी । नवलपरासीको चोरमारामा मंगलबार विहान बसको ठक्करबाट एकजना साइकल यात्रुको मृत्यु भएको छ ।

काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ४८६ नम्बरको बसको ठक्करबाट मध्यविन्दु नगरपालिका-७ चोरमारा बजारमा प्लाष्टिकको पसल गरी बसेका भारतको मोतिहारी बलुवाका ३६ वर्षीय मोहम्मद साहबिर आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटले बताए ।

बसको ठक्करबाट गम्भीर घाइते भएका आलमको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही बसको ठक्करबाट ना४५प २१०७ नम्बरको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका-७ का ४८ वर्षीय भानुभक्त पंगेनी पनि घाइते भएका छन् । पंगेनीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।

– रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment