Comments Add Comment

स्वास्थ्यमन्त्रीलाई प्रश्न : प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपालसँग छैन ?

३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रश्न उठाएका छन् ।

मंगलबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भनी प्रश्न गरेका हुन् । उनले केही उपकरण किनेर सिंगापुरका डाक्टरलाई यहाँ बोलाएर उपचार गर्न सकिने मत पनि रहेको भन्दै मन्त्रीसँग जवाफ मागेका थिए ।

सिंगापुरमा उपचारका लागि साउन १८ गते त्यसतर्फ गएका प्रधानमन्त्री केपी शर्मा ओली साउन २७  गते फर्किएका छन् । उनी फेरि उपचारका लागि त्यसतर्फ जाँदैछन् ।

जवाफमा उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीलाई डाक्टरहरुले सिंगापुरमै उपचार गर्न सिफारिस गरेकाले सिंगापुर गएको बताएका छन् ।

उपप्रधानमन्त्री यादवले नेपालमा नेपालमा धेरै रोगको उपचार सम्भव भए पनि प्रधानमन्त्री भने डाक्टरको सिफारिसमा सिंगापुरमा उपचार गराएको बताए ।

‘नेपालमा धेरै रोगको उपचार सम्भव छ, भइरहेको छ । केही टिपिकल कन्डिसनमा बाहिर जानुपर्ने अवस्था छ’ उनले भने ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारका लागि बाहिर नै यहाँका डाक्टरले रेफर गरेकाले बाहिर नै उपचार गराउँदा उचित हुन्छ भनेर उहाँ जानुभएको थियो र फेरि जाने क्रममा हुनुहुन्छ ।’

उपप्रधानमन्त्री यादवले नेपालमा सबै उपचार सम्भव भएपछि र उपकरण भएपछि बाहिर गइरहनुनपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment