Comments Add Comment

भारतले ईपीजीको प्रतिवेदन बुझ्ने भट्टराईको विश्वास

३ भदौ, काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपीजीको प्रतिवेदन बुझ्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)का सदस्य समेत रहेका भट्टारईले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए । ‘हामीले २ वर्ष लगाएर राम्रो प्रतिवेदन तयार पारेका छौं’ मंगलबार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले भने,’भारतबाट यो प्रतिवेदन बुझ्नेछ भन्ने हाम्रो विश्वास छ ।’

प्रतिवेदन बुझ्दैनौं भनेर भारतीय पक्षले अहिलेसम्म नभनेको उनले बताए । भट्टराईले भने, ‘दुवै देशका प्रधानमन्त्रीले यो प्रतिवेदनलाई गम्भिर रुपमा लिनुभएको छ, यसमा फरक मत छैन । त्यसैले प्रतिवेदन बुझ्दैनन कि भनेर आशंका नगरौं ।’

उनले भोलिबाट सुरु हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारे । भट्टराईले भने, ‘हाम्रो दुई देशबीच अहिले सुमधुर सम्बन्ध छ, नेताहरुबीच पनि विश्वासको वातावरण बनेको छ । अहिले सघन कुराहरु हुन थालेका छन् । समग्रमा अहिले दुई देशबीच राम्रो आधार बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment