Comments Add Comment

भारत र पाकिस्तानी दूतावासअगाडि शान्ति समाजको धर्ना

३ भदौ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सार्कलाई सक्रिय बनाउन र शान्ति कायम  गर्न  आग्रह गर्दै काठमाडौंस्थित भारतीय र पाकिस्तानी राजदुतावास अगाडि धर्ना दिएको छ ।

शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धको सम्भावनालाई खारेज गर्न, दुई देशबीच वार्ताअघि बढाउन र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन आग्रह गरेको छ । त्यस्तै शत्रुतालाई अन्त्य गर्न र मित्रतालाई गहिरो बनाउन पनि भारत र पाकिस्तानलाई आह्वान गरेको छ ।

काठमाडौं लैनचौरस्थित भारतीय दूतावास र महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि दिउँसो २ बजेदेखि १ घण्टासम्म धर्ना दिएको शान्ति समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले बताइन् ।

समाजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लेखिएको पत्रसमेत दूतावासका वरिष्ठ अधिकारीलाई बुझाएको छ ।

पत्रमा अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र आपसी समझदारीलाई अभिवृद्धि गर्ने उद्देश्यले शान्ति समाजले थालोको नागरिक सद्भाव यात्रामा भारत र पाकिस्तान सरकारको नैतिक सहयोगको अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment