३ भदौ, काठमाडौं । मालपोत कार्यालय, मनमैजुका कार्यालय सहयागी कान्छा भण्डारी घुस लिँदालिँदै पक्राउ परेका छन् ।
उनीसँगै घुस दिने सेवाग्राही बुढानिलकण्ठका ईश्वर कार्की पनि समातिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको विशेष टोलीले दुवैलाई घुस रकम लेनदेन गर्दागर्दै पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी बालनरसिंह राणाका अनुसार, भण्डारीले जग्गा रोक्का गरिदिने आश्वसनमा कार्कीबाट ३५ हजार रुपैयाँ घुस लिएका थिए ।
सुराकीको आधारमा कार्यालय परिसरबाटै दुवैलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।