Comments Add Comment

संविधान दिवसमा पोलपोलमा झण्डा होस्, घरघरमा दीपावली होस् : प्रधानमन्त्री

४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस भब्य र व्यापकताका साथ मनाउन अपिल गरेका छन् । उनले यो राष्ट्रिय दिवस भएको भन्दै पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न आग्रह गरेका छन् ।

दिवस तयारीका लागि बुधबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हरेक गाडीमा झण्डा होस्, हरेक पोलमा झण्डा होस्, हरेक घरले दीपावली मनाओस् । यो खुसीको चाड हो ।’

‘बिजुली नपुगेका ठाउँमा पनि हामी उहिलेदेखि दीपावली गरी आएका हौं पानस/दीयोमा बत्ती बालेर । बिजुली नपुगे पनि लस्करै दियो बाल्दा रमाइलो हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफू उपचारका बिहीबार सिंगापुर जान लागेको र संविधान दिवस अगाडि नै फर्किने जानकारी दिए ।

३ असोज २०७२ मा संविधान जारी भएको थियो । यो दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

बैठकमा दिवसको अवसरमा गरिने कार्यक्रमको खाका प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री ओलीले प्रस्तावित कार्यक्रमलाई अझै परिष्कृत बनाउन निर्देशन दिए । ओलीले भने, ‘भव्य तयारी गर्न र कसरी भव्यताका पक्षहरुलाई बढाउन सकिन्छ, व्यापकताका पक्षलाई कसरी अगाडि बढाउन सकिन्छ, यसमा सोच्न र यस प्रस्तावित कार्यक्रमलाई अझ परिमार्जित, परिष्कृत गर्न म आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment