+
+
Shares

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १८:२९

४ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले करिब १९ किमिको वाकाथन कार्यक्रमको आयोजक ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेको छ । पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसार गर्ने अभिप्रायका साथ यो कार्यक्रम हुँदैछ ।

कुमारी बैंक मुख्य-प्रायोजक पदयात्रा कार्यक्रमबाट संकलित रकम भूकम्पले क्षतबिक्षत भएको भीमसेन मन्दिर पुनर्निर्माण कार्यमा लगाईनेछ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले पदयात्रा मा सहभागिता जनाउन्ोहरूका लागि टी सर्ट ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनलाई हस्तान्तरण गरे । कार्यक्रम ललितपुर पर्यटन क्षेत्र विकासका लागि कोसेढुंगा सावित हुनेमा वाणिज्य संघ विश्वस्त छ ।

“हाम्रो सम्पदा, हामी आफै बनाऔं” भन्ने उद्देश्यसहित स्थापना कालदेखि नै सम्पदा संरक्षण र सम्बर्द्धनमा भूमिका खेल्दै आएकोे ललितपुर उद्योग वाणिज्य संघले पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण दरबार स्क्वायर अवस्थित व्यवसायीहरुको आराध्यदेबको रुपमा पुजिँदै आएको भिमसेन मन्दिरको पुनर्निर्माणमा नेतृत्वदायि भूमिका बहन गर्दै मन्दिरको पुनर्निर्माणको कार्यको थालनी गरेको छ ।

आउँदो आश्विन ४ गते बाट पाटन दरबारस्क्वायर क्षेत्रबाट शुरु हुने उक्त पदयात्रा ग्वार्काे, इमाडोल, सानागाँउ, लुभू, हरिसिद्धि, धापाखेल, सुनाकोठि, बुंगमति हुदै ललितपुरको खोकनामा पुगेर सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?