Comments Add Comment

यी संकेतले बताउँछ बच्चामा अनिद्राको समस्या छ

अहिलेका बालबालिकाको सुत्ने तालिका नियमित छैन । उनीहरु आमाबुवाको आँखा छल्न पाएमा घण्टौंसम्म मोबाइलमा गेम खेल्छन् । रातभर टिभी हेर्न थाल्छन् । हुन पनि बालबालिकालाई समयमै सुत्नुपर्छ र समयमै उठ्नुपर्छ भन्ने बोध हुँदैन । उनीहरु खेल्न वा कुनै कुरामा रमाउन पाए निद्रा भुल्छन् । यसरी धेरै बालबालिकाको सुत्ने तालिका अनियमित भएको छ ।

त्यतिमात्र होइन, उनीहरु टेलिभिजन, मोबाइलमा हिंस्रक भिडियो हेर्छन्, गेम खेल्छन् । त्यही कारण राति निदाउन सक्दैनन् । कतिपय बालबच्चा निद्रामै उठ्ने समस्या पनि हुन्छ । यस्ता थुप्रै समस्या हुन्छ बालबालिकाको । एक अध्ययनअनुसार ३० प्रतिशत बालबालिकामा अनिद्राको समस्या छ ।

दिनमा धेरै सुत्नु

जुन बालबच्चामा अनिद्राको समस्या छ उनीहरु राति निदाउन सक्दैनन् । तर दिउँसो बढी नै समय सुत्छन् । कहिलेकाहीँ त बालबच्चा थाकेर पनि दिनमा सुत्न सक्छन् । यद्यपि सामान्य अवस्थामा पनि उनीहरु दिनमा धेरै समयसम्म सुत्छन् भने उनीहरुमा अनिद्राको समस्या छ भनेर बुझ्न सकिन्छ । दिनमा पटक पटक सुत्नु पनि ठीक होइन ।

डरलाग्दो सपना

ठूला मान्छेमा जस्तै बालबच्चाले पनि डरलाग्दो सपना देख्ने गर्छन् । बेलाबखत उनीहरु खराब सपना देखेर निद्रामै तर्सिएर उठ्ने गर्छन् । त्यसपछि उनीहरुलाई सुत्न अरु असहज हुन्छ । दिनमा पनि सपना सम्झिएर उनीहरु डराउने गर्छन् ।

पटक पटक डरलाग्दो सपना देख्नु पनि निद्रासम्बन्धी विकार हो । यसले बच्चामा मानसिक तनाव बढ्छ र स्वास्थ्यमा पनि समस्या ल्याउँछ ।

इनसोमनिया

कतिपय बच्चाहरु राति सुत्नै सक्दैनन् । अर्थात उनीहरु सुत्ने समयमा पनि सुत्न सक्दैनन् । ओछ्यानमा पल्टिएपछि पनि धेरै समय छटपटाइरहन्छन् । यसरी सुत्ने समयमा निद्रा नलाग्नुलाई इनसोमनियाको समस्या भएको भनिन्छ । कुनै तनावको कारण यस्तो समस्या देखापर्छ । यदि तपाईंको बच्चा राति लामो समयसम्म सुत्दैन भने उनमा चिन्ता वा तनावको समस्या छ भनेर बुझ्न सकिन्छ ।

घुर्नु

सामान्य घुर्नु त्यति हानिकारक त होइन । यद्यपि फोक्सोमा कुनै रोकावट छ भने घुर्ने गर्छन् । यसले निद्रासम्बन्धी विकार पैदा गर्छ । नाकमा कफ जम्दा, श्वास संक्रमणमा, टन्सिल बढ्दा पनि यस्तो समस्या देखापर्छ । बेलाबखत केही गम्भीर समस्या अब्स्ट्रक्टिव स्लिएपनियाको कारण पनि घुर्ने समस्या हुन्छ । लगभग तीन प्रतिशत बच्चा यस रोगले ग्रस्त छन् । वयस्क व्यक्ति पनि घुर्छन् भने त मुटुको समस्या पनि हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

राति डराउनु

डरलाग्दो सपना देख्नु र राति डराउनु दुई फरक कुरा हुन् । बेलाबखत बच्चाहरु रातमा अचानक ब्युँझने गर्छन् र चिच्याउँछन् । वा रुन थाल्छन् । यसमा सास फुल्ने, पसिना आउने, मांशपेसी च्यापिने समस्याले पनि हुनसक्छ । अहिले पाँच जनामा एकजना बच्चा नाइट टेररले ग्रस्त छन् ।

ओछ्यानमा पिसाब

पाँच वर्षभन्दा कम उमेरका बच्चाले ओछ्यनमा पिसाब गर्नु खासै ठूलो समस्या होइन । यद्यपि त्यसभन्दा बढी उमेरका बच्चा छन् र प्रायजसो ओछ्यानमा पिसाब फेर्ने गर्छन् भने उनीहरुमा निद्रा सम्बन्धित समस्या छ भने बुझ्नुपर्छ ।

निद्रामा हिँड्ने

यदि तपाईंको बच्चा रातमा उठेर निद्रामै उताउता हिँड्छ भने यो पनि एक विकार नै हो । कहिलेकाहीँ यस्तो समस्या देखिए त सामान्य मान्न सकिएला, तर बारम्बार उनीहरु निद्रामा हिँड्ने गर्छन् भने चिकित्सकको परामर्श आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment