Comments Add Comment

मध्यपहाडी लोकमार्ग १७ दिनपछि सञ्चालन

५ भदौ, गुल्मी । बाग्लुङको तुरतुरेमा पहिरोले सडक भत्काउँदा अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग १७ दिनपछि सञ्चालनमा आएको छ ।

सडक सञ्चालनमा आएसँगै गुल्मी हुँदै बाग्लुङ बुर्तिबाङसम्म पुग्ने सवारी साधन बिहीबार विहानैबाट आवतजावत् गरेका छन् । २ वटा डोजरहरु प्रयोग गरी मध्यपहाडी लोकमार्ग आयोजनाले सडक सञ्चालनमा ल्याएको हो ।

गत साउन १९ गते ताल फुटेसँगै बढिघाट गाउँपालिकाको भिङगिठेअन्तर्गत मध्यपहाडी लोकमार्गको २ सय मिटर पक्की सडक बगाएको थियो ।

सडक अबरुद्ध हुँदा निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका जाने सवारी साधन ठप्प भएका थिए ।

बैकल्पिक सडकसमेत नभएको अवस्थामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि स्थानीयवासीले सास्ती खेपेका थिए ।

बाग्लुङको बढिघाट गाउँपालिका-७ र ढोरपाटन नगरपालिका-१ को तुरतुरे भन्ने स्थानमा ०७५ भदौ २९ गते चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । ताल फुटेसँगै पहिरो आएको हो ।

– अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment