+
+
Shares

माधव नेपालले भने- प्रधानमन्त्रीले मेरो शुभकामना अस्वीकार गर्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते १४:३०

५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले गरेको स्वास्थ्यलाभको कामना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अश्वीकार गरेको बताएका छन् । आफूले स्वास्थ्यलाभको कामना गर्दै शुभकामना दिँदा प्रधानमन्त्रीले तपाईँको शुभकामना चाहिँदैन भनेर जवाफ फर्काएको उनले बताए ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि बिहीबार दिउँसो सिंगापुर प्रस्थान गरेका छन् ।

त्यसपछि बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा दुई नेताबीच भनाभन भएको थियो । आफू नभएको बेला बैठक बोलाउने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएका ओलीले निर्णयहरु भने सहमतिमा गर्नुस् भनेपछि नेता नेपालले प्रतिवाद गरेका थिए ।

विवादका क्रममा ओलीले नेता नेपाललाई ‘तपाईँको इच्छा के हो भन्ने पनि मलाई थाहा छ, तपाईँले शुभकामना नदिँदैमा केही हुन्न’ भनेका थिए । यो विवादलाई लिएर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्ने प्रस्ताव गर्दा आफूले विरोध गरेको भनेर प्रचार गरेको भन्दै वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै नेपालले भने, ‘बैठकमा मैले उहाँलाई तपाई उपचारका लागि आज जादै हुनुहुन्छ, स्वास्थ्यलाभको कामना गर्छु, निको भएर आउनुहोस भनेँ । तर उहाँले तपाईको शुभकामना मलाई चाहिँदैन भनेर तल्लो तहमा उत्रिएर प्रस्तुत हुनुभयो ।’

आफूले अहिलेसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाारे नकारात्मक टिप्पणी नगरेको भन्दै उनले बैठकमै आफूले कहिँ गरेको भए प्रमाण ल्याउन चुनौती दिएको समेत प्रष्ट पारे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?