Comments Add Comment

प्रदेश २ को लोकसेवा आयोगको अध्यक्षमा यादव

५ भदौ, जनकपुरधाम । प्रदेश २ को लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक सुरेन्द्रप्रसाद यादव नियुक्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समितिले बिहीबार सिराहाका यादवलाई अध्यक्ष चयन गरेको हो । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको सिफारिस समितिले बिहीबार यादवलाई अध्यक्षमा सिफारिस गरेको हो ।

समितिमा सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य छन् ।

अध्यक्षमा सिरफारिस भएका यादव सिराहा निवासी हुन् । उनी सिराहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मैरबता यादव बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका छन् । उनी अँग्रेजी बिषय पढाउने सह-प्राध्यापक हुन् ।

लोकसेवा अध्यक्षमा नियुक्त भएपछि प्राध्यापक यादवले आफू संविधानलाई टेकेर, ऐन नियमको परिधिभित्र रहेर काम गर्ने प्रतिकृया दिएका छन् । उनले इमान्दारिपूर्वक र निष्पक्ष ढंगले काम गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment