+
+
Shares

‘प्रधानमन्त्रीको स्वास्थ्यबारे सक्कली, नक्कली र डेड्अक्कली बहसहरु चले’

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते २१:३०

५ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर सक्कली, नक्कली र डेड्अक्कली बहसहरु चलेको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सक्कली, नक्कली र डेडअक्कली बहसहरु चलिरहेकै छ’, मन्त्री बास्कोटाले भने, ‘सक्कली कुरा १२ बर्ष अगाडि मिर्गौला ट्रान्सफर भएको हो । नक्कली कुरा के जानीवरी जोतिषलाई हेराएर आएर समाचार लेख्ने, फेसबुकमा ट्वीट गर्ने …. डेड्अक्कली कुरा स्वास्थ्य लाभको कामना पनि गरियो कि गरिएन भनेर बहस झिक्ने कुरा हो ।’

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले प्रधानमन्त्री नियमित फ्लोअपका लागि उपचार गर्न सिंगापुर गएको बताए ।

‘हिजो राती ११ बजेसम्म मन्त्रीपरिषद्मा थियौं । यो तीन दिनमा तीन दिन नै मन्त्रीपरिषद् बसेको थियो । आजै उहाँ जानुभयो । उहाँ विरामी जस्तो देखिनुहुन्थ्यो ?’ मन्त्री बास्कोटाले अगाडि भने, ‘यो फ्लोअप हो र थप परिक्षण । औषधि अर्को चलाइएको छ ।’

प्रधानमन्त्रीले आफू स्वस्थ रहेको र अर्को चुनावका लागि तयार रहन प्रतिपक्षीलाई दिएको चुनौतीलाई पनि उनले स्मरण गराए ।

‘उहाँ आफैले पनि भन्नुभएको छ, अर्को चुनावको पनि सामना गर्न तयारै छु । म बाँच्दै मुकाबिला गर्ने आँट गर्न पर्यो । मेरोबारेमा चिन्ता नर्गनु भन्नुभएको छ । उहाँ अन्तरमुखी होइन । एकदम खुलमखुला व्यक्ति हो । बहस गर्न रुचाउनुहुन्छ । आएकै दिन प्रश्न सोद्धा थाहा भइहाल्छ । हात हल्लाएरै जानुभयो ।’ मन्त्री बास्कोटाले भने ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?