Comments Add Comment

हुन्डाईको ‘भेन्यू’ नेपालमा, यस्तो छ नालीबेली

५ भदौ, काठमाडौं । हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी ‘भेन्यू’ नेपाली बजारमा सार्वजनिक गरेको छ । बहुप्रतिक्षित यो गाडी बिहीबार एक कार्यक्रमका बीच राजधानी काठमाडौंमा सार्वजनिक भएको हो ।

यो गाडीले नेपाली बजारमा गजबको प्रतिक्रिया र ग्राहक बटुल्ने विश्वास कम्पनीको छ ।

हुन्डाई गाडीको नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यो गाडी नेपाली माटो र बाटो सुहाँउदो रहेको बताएको छ । यसलाई पर्यटन वर्ष २०२० को नजिकै ‘नेपाल नयाँ भेन्यू हो’ भन्ने थिममा प्रवर्द्धन पनि गरिँदैछ ।

विशेष गरी ३५ देखि ४५ वर्ष उमेरका व्यक्ति, इन्ट्री लेभलमा गाडी अपग्रेड गर्न चाहाने र मध्यमवर्गका विभिन्न पेशकागत उपभोक्ता तथा युवाहरुलाई लक्षित गरी यो गाडी नेपाल ल्याइएको कम्पनीले जानएको छ ।

यो निकै आकषर्क, स्तरीय सुरक्षित रहेको दावी कम्पनीको छ । यसले बजारमा राम्रो छाप छोड्ने विश्वास गरिएको छ ।

उत्कृष्ट एक्स्टेरियर, इन्टेरियर र फिचर्समा ल्याएकाले पनि यसको बजारमा राम्रो चर्चा पाउने विश्वास रहेको कम्पनीका प्रवन्ध निर्देशक अन्जन श्रेष्ठले बताए ।

प्रतिस्पर्धी मोडलहरु भन्दा महंगो पनि नभएकाले विभिन्न आधुनिक फिचर्सको प्याकेजका रुपमा रहेको भेन्यूले ठूलो संख्यामा ग्राहक बटुल्नेमा उनी विश्वस्त छन् ।

भेन्यू गाडी प्रिमियम अवतारमा आएको छ । यसमा विभिन्न आधुनिक सुविधाहरु छन्, जसले कारलाई पि्रमियमस्तरको बनाएको छ ।

भेन्यूमा थुप्रै ‘बेस्ट इन सेगमेन्ट’ र ‘फस्र्ट इन सेगमेन्ट’ फिचर्सहरु छन् । जुन ग्राहकका लागि निकै उपयोगी छन् ।

शक्तिशाली इन्जिन

यसमा शक्तिशाली इन्जिनहरु प्रयोग भएका छन् । यो गाडी तीन विकल्पका इन्जिनमा उपलब्ध छ । १.२ लिटर पेट्रोल इन्जिन, १.४ डिजेल इन्जिन र १.० टर्बो पेट्रोल इन्जिनका विकल्पहरु छन् ।

१.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीतीभीटी टेक्नोलजी छ, ८३ पीएस/ ६०००को सर्वाधिक पावर रहनेछ । १.४ लिटर डिजल इन्जिन यू२सीआरडीआई जसको  सर्वाधिक पावर ९० पीएस/४००० आरपीएम छ ।

१.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी छ, जसको सर्वाधिक पावर १२० पीएस/६००० आरपीएमको रहनेछ । हुन्डाई भेन्यूले ७ स्पीड डीसीटीकोको उपलब्धता पनि प्रदान गर्छ ।

गजबको डिजाइन

यो गाडी स्पेसियस त छ नै, यो डिजाइनका हिसावले पनि निकै आकर्षक छ । यसको बाहिरी डिजाइनले सबैलाई प्रभावित गर्क सक्छ ।

भेन्यूमा प्रजेक्टर हेडल्याम्प, कर्नरिङ ल्याम्प, होलोजन ल्याम्प र एलईडी डीआरएल एन्ड पोजिनिसिङ ल्याम्प दिइएको छ ।

टेल ल्याम्प पनि एलईडीमा क्रिस्टल इफेक्टसहितको छ । यसमा डार्क क्रोम फ्रन्ट गि्रल छ । जसले गाडीलाई निकै सानदार देखाएको छ । यसमा स्पोर्ट रुफ रेल्स छ । फूल हि्वल कभर डायमन्ड कट एलोय हि्वल पनि ।

अगाडिबाट मात्रै हैन, पछाडि र साइडबाट पनि भेन्यू निकै आकर्षक देखिन्छ । रुफल एन्टेना पनि दिइएको छ ।

सुन्दर भित्री भाग

यसको इन्टेरियर निकै लोभलाग्दो छ । यसमा ब्ल्याक सिंगल टोन थिम छ । खाकी डुअल टोन थिमको अप्सन पनि छ । फेबि्रक सिट आरामदायी छ । लेदर प्याक स्पेयरिङ हि्वल र गियर नोव छ ।

मेटलले फिनिसिङ गरेको भित्री डोल ह्यान्डलडोरमा म्याप पकेट र सिट ब्याक पकेट पनि छ ।

यसमा सुपर भिजन क्लस्टर छ । हाईट एड्जस्टेबल सिट छ । अगाडि एड्जस्टेबल हेड रेस्ट छ ।

२ं.३२ सीएमको टच स्क्रीन डिस्प्ले अडियो भिडियो सिस्टम छ । यसमा स्मार्ट फोन कनेक्टीभिटीको सुविधा पनि छ । भ्वाइस रिगग्निसन, एन्ड्रोइड अटो, एपल कारप्ले लगायतका अप्सनहरु छन् ।

यसमा फ्रन्ट रेयर स्पीकार, फ्रन्ट टि्वटर, ब्लुटुथ कनेक्टिभिटी, अटो रिमोट एप्लिकेसको पनि सुविधा छ ।

यो गाडी निकै आरामदायी पनि छ । अफरोडमा जान सुविधाजनक तवरले बनाइएको छ । यसमा स्मार्ट इलेक्टि्रक सन रुफ, पुस बटन स्मार्ट/स्टप, एयर कन्डिसनर, रेयर एसी भेन्ट्स लगायतका सुविधा पनि छन् ।

यसमा एयर प्युरिफायर पनि वायरलेस फोन चार्जर, ड्राइभर रेयर भ्यु मनिटर, ग्लबबक्स कुलिङ, फ्रन्ट पावर आउटलेट लगायतका सुविधा पनि छ ।

सुरक्षित यात्रा

सुरक्षा हिसावले पनि यो गाडीमा अब्बल फिचर्स छन् । एसमा ६ वटासम्म एयरब्याग छ । जसले यात्राका क्रममा हुन सक्ने दुर्घटनाबाट सुरक्षित राख्छ ।

यसमा ईबीडीसहितको एबीएस पनि छ । इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट सिस्टम पनि छ ।

यसमा हिल एसिस्ट कन्ट्रोल छ । यसमा पार्किङ असिस्टका लागि विभिन्न सुविधा दिइएको छ ।

यसमा प्रोजेक्टर फग ल्याम्प, डेन्ड नाइट मिरर, सेन्ट्रल लकिङ, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक, स्पीड सेन्सिङ अटो डोर लक, कलिेस इन्ट्री सिटबेल्ट रिमाइन्डर, हाई स्पीड अलर्ट, इमोबिलाइजर, आईसोफिक्स लगायतका सुरक्षा सुविधा यो गाडीमा छ ।

विशेषतायुक्त गाडी

यसको लेग रुमा पनि निकै कम्र्फटेबल बनाइएको छ भने सस्पेन्सन सिस्टम पनि निकै आधुनिक भएकाले लामो यात्राका दौरान पनि थकान महसुश हुँदैन ।

गाडीभित्र विभिन्न टुल्सहरु निकै वैज्ञानिक तवरले ‘प्लेसिङ’ गरिएको छ ।  यसलेे गर्दा गाडी निकै सुसज्जित र भव्य लाग्छ । यस्ता महत्वपूर्ण फिचर्सका कारण यो गाडी धेरै ग्राहकको नजरमा पर्ने विश्वास गरिएको छ ।

यो गाडीमा १९५  एमएमको ग्राउन्ड क्लेयरेन्स छ । जुन विशेषताका कारण ग्राभल रोडमा  पनि भेन्यू सजिलै चलाउन सकिन्छ ।

यो गाडीमा आधुनिक सस्पेन्सन सिस्टम छ । जसले यात्रलाई रोमाञ्चक र आरामदायी बनाउँछ । ३५० लिटरको बुट स्पेश छ । जसमा धेरै सामान राखेर लामो यात्रमा निस्कन पनि कुनै समस्या छैन । यसले झण्डै प्रतिलिटर १८ किलोमिटर को माइलेज पनि दिन्छ ।

यो गाडी विभिन्न विशेषतायुक्त भएकाले सबै वर्गमा छाप छोड्न सफल हुने दावी कम्पनीको छ ।

भेन्यूलाई प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा उतारिएको छ । न्युनतम् ३४ लाख ९६ हजार देखि अधिकतम् ५५ लाख ९५ हजारसम्ममा यो गाडी किन्न पाइनेछ ।

यो गाडी विभिन्न सात उत्कृष्ट रंगहरुमा उपलब्ध छ । पोलार ह्वाइट, टाइफुन सिल्भर, फेरि रेड, डेनिम ब्लु, लाभा अरेन्ज, स्टार डस्ट,र डिप फरेस्ट कलरहरुमा यो कार उपलब्ध गराइएको छ ।

स्तरीय सर्भिस

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्छ ।

कम्पनीले आफ्टर सेल्स सर्भिसमा पनि निकै ध्यान पुर्‍याएकाले यसै पनि हुन्डाईको गाडीमा ग्राहक आकषिर्त छन् ।

स्पेयसै पाटैस्स पनि सजिलै सुलभ मूल्यमा पाइन्छ । यस्तै डिलरसिप नेटवर्क पनि निकै राम्रो भएकाले हुन्डाईको बजार फैलिँदो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment