Comments Add Comment

चितवनमा ‘मारूनी’को यस्तो क्रेज

चलचित्र ‘मारूनी’ टिम मोफसलमा छ । चलचित्रको प्रचार प्रसारको लागि मारूनी टिम मोफसल पुगेको हो । भदौ ४ गते इटहरीमा पुगेर चलचित्रको प्रचार गरेको टिम भदौ ५ गते चितवन पुगेको थियो । त्यहाँ मारूनी टिमले भव्य कन्सर्ट गरेको छ ।

चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा हजारको आसपासमा दर्शकहरुको उपस्थिती रहेको थियो । कन्सर्टमा कलाकारद्वाय पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रको दुई गीत ‘जाम न माया जाम’ र ‘सक्दिन म बाँच्न’ मा नृत्य गरे । उनिहरु नाच्दा दर्शकहरुले जोडले हुटिङ गरेका थिए ।

उनीहरुसँग सेल्फी खिच्न दर्शकहरु स्टेजमै चढेका थिए । केही फ्यान त पिछा गर्दै होटेलसम्म पनि पुगेका थिए । कार्यक्रममा गायक कृष्ण काफ्लेले पनि गीत गाएर दर्शकहरु लाई नचाएका थिए ।

उनिहरुले कार्यक्रममा बोल्दै चलचित्र राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह गरे । चलचित्रकी निर्माता पुनम गौतमले आफ्नो घर नै चितवन भएकोले आउन लागेको तीजमा माइतीलाई ‘मारुनी’ कोसेली लिएर आएको बताइन् । यस्तै, निर्देशक नवल नेपालले आफूले राम्रो चलचित्र बनाउने प्रयास गरेको बताउँदै हेर्न आग्रह गरे ।

चितवन पछि भदौ ७ गते पोखरा, ८ गते बुटवल र ९ गते नेपालगन्ज मा कार्यक्रम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment