Comments Add Comment

अफगानिस्तानलाई पराजित गर्दै नेपाल पाँचौं

६ भदौ, काठमाडौं । एभीसी पुरूष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले पाँचौ स्थानमा चित्त बुझाएको छ ।

लगनखेलस्थित आर्मी कभर्डहलमा पाँचौ स्थानको लागि आज भएको खेलमा नेपालले अफगानिस्तनलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–२३ ले जितेको नेपालले दोस्रो सेट भने २५–२३ ले नै अफगानिस्तानलाई सुम्पिएको थियो । तर त्यसपछिका तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले जित हात पारेको हो । नेपालले तेस्रो २५–१८ र चौथो २६–२४ को सेटमा अफगानिस्तानलाई हराउन सफल भयो ।

एभीसी पुरूष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधिका लागि भने किर्गिस्तान र उज्बेकिस्तानले शनिबार प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment