
६ भदौ, काठमाडौं । नेपालले भारतमा जारी साफ यू–१५ च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई पराजित गरेको छ ।
भारतको कल्याणी रंगशालामा भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सशांक बोहरा र असिम राईले समान गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न सफल भयो । सशांकले ४६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । ८३ औं मिनेटमा असिमले गोल गरेपछि नेपालले दोब्बर अग्रता बनाएको थियो । बाँकी समयमा दुबै तर्फबाट गोल नभएपछि नेपालले २–० ले जित हात पारेको हो ।
राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगितामा नेपालले अब बंगलादेश र भुटानसँग खेल खेल्न बाँकी छ । यसअघि भएको आफ्नो पहिलो खेलमा आयोजक भारतसँग हार ब्यहोरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4